साविकको प्रभु लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो बोनस दर, कुनमा कति तोक्यो ? « Arthapath.com
२३ असार २०८२, सोमबार

साविकको प्रभु लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो बोनस दर, कुनमा कति तोक्यो ?



काठमाडौं । साविकको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर कायम गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्याङ्कन कम्पनीको आधिकारिक बीमाङ्कीयबाट तयार गरिएको प्रतिवेदन नेपाल बीमा प्राधिकरणले असार २३ गते स्वीकृत भएको हो ।

२०८० असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेहरुमा गत आवका लागि बोनस दर तोकिएको कम्पनीले जनाएको छ ।

कम्पनीले विभिन्न बीमा योजनामा न्युनतम २० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दर कायम भएको छ । कम्पनीले सावधिक जीवन बीमा ३३ रुपैयाँदेखि ७० रुपैयाँ तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्