सरकारको दुई विकास ऋणपत्र सूचीकृत

काठमाडौं । सरकारको दुई विकास ऋणपत्र सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सरकारको विकास ऋणपत्र सूचीकृत भएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्धारा निष्कासन भएका १८ अर्ब रूपैयाँ बराबरका ऋणपत्र सूचीकृत भएको हो । गत जेठ १७ गते निष्कासन भएको ९ अर्ब बराबरको ६ वर्ष अवधिको ५.०८ प्रतिशतको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै, गत असार १२ गते निष्कासन भएको ९ अर्ब रूपैयाँ बराबरकै ५.१७ प्रतिशत ब्याजदर रहेको ऋणपत्र सूचीकृत भएको हो । यसको अवधिमा ८ वर्षको छ ।
६ वर्ष अवधिको ऋणपत्रको भुक्तानी मिति २०८७ साल जेठ १५ गते र ८ वर्ष अवधिको ऋणपत्रको भुक्तानी मिति २०८९ साल असार १० गते रहेको छ ।