प्राइम कमर्सियल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने « Arthapath.com
१० श्रावण २०८१, बिहीबार

प्राइम कमर्सियल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने



काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) निवेदन दिएको छ ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने छ । बैंकले ‘८ प्रतिशत प्राइम डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले साउन २ गते सेबोनमा आवेदन दिएको छ ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्