तेह्रथुमको म्याङलुङ र धनकुटाको हुलाक टोलमा प्रभु बैंकको शाखा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले थप दुई शाखा विस्तार गरेको छ ।
तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं. १ मा आफ्नो ३०८ औं र धनकुटा नगरपालिका वडा नं.७ स्थित हुलाक टोलमा ३०९ औं शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
आप्mनो शाखा सञ्जाल विस्तारको क्रममा बैंकले आइतबारदेखि यी दुई शाखा संचालनमा ल्याएको हो । बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

बैंकको अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।
बैंकको म्याङलुङ शाखा र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछ ।सो क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।