सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँटका लागि मिति तय, ४ हजार ६७२ ले मात्रै सेयर पाउने

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँटका लागि मिति तय भएको छ ।
कम्पनीले गत साउन ४ गतेदेखि एफपीओ निष्कासन गरेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्री खुला गरेको हो ।
उक्त एफपीओ आगामी बुधवार साउन १६ गते बाँडफाँट गरिने भएको हो । बुधवार बिहान ८ बजे बाँडफाँट गर्ने तयारी भएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ।
एफपीओमा माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट गरिनेछ। कम्पनीको एफपीओमा १६ लाख ५९ हजार बढीको आवेदन परेको छ । कुल २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँ बराबरको २ करोड ३८ लाख ६३ हजार ४० सय कित्ता सेयर माग सहित आवेदन परेका छन् । तर, कम्पनीको सेयर भने ४ हजार ६७२ आवेदकले १० कित्ताका दरले प्राप्त गर्नेछन् । तीमध्ये ९ जनाले भने थप १–१ कित्ता पाउने छन् । यी बाहेकका १६ लाख ५४ हजार ४०३ जनाको हात रित्तो हुनेछ ।