१० श्रावण २०८३, आइतबार

५ प्रतिशत बजार घट्दा पनि दुई हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट, कसले कति कमाए ?

५ प्रतिशत बजार घट्दा पनि दुई हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट, कसले कति कमाए ?



काठमाडौं । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । उच्च अंकले बजार घट्दा पनि थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज सो कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ६८ रुपैयाँ ६० पैसा बढेर ७५४ रुपैयाँ ७० पैसा कायम भएको छ।

यस्तै, सोमबार कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.९७ प्रतिशत बढेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँ ३० पैसा बढेर २ हजार २५४ रुपैयाँ पुगेको छ।