८ श्रावण २०८३, शुक्रबार

स्वेत गंगा हाइड्रोपावरका महाप्रबन्धक पौडेलको राजिनामा स्वीकृत



काठमाडौं । स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्शन लिमिटेडका महाप्रबन्धक भोजराज पौडेलले राजिनामा दिएका छन् ।

व्यक्तिगत कार्य व्यस्थताका कारण देखाउँदै उनले पदबाट राजिनमा दिएका हुन् । सेवामा निरन्तरता दिन र जिम्मेवारी वहन गर्न असमर्थता जनाई पौडेलले दिएको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीको साउन २७ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । कम्पनीकाअनुसार साउन ३२ गतेदेखि लागू हुने गरि उनको राजिनमा स्वीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्