३०.८१ प्रतिशत बढ्यो नेपाल लाइफको नाफा, इपिएस पनि बढ्यो
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एकै बर्ष ५१ करोड बढी खुद नाफा कमाएको छ ।
कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत वर्ष कम्पनीले ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आवको तुलनामा भने ३०.८१ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधीमा कम्पनीले ३९ करोड २९ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
गत वर्ष कम्पनीको खुद बिमा शुल्क आर्जन पनि ९.८६ प्रतिशत बढेर ४० अर्ब ११ करोड २ लाख रुपैयाँ पुगेको छ । गत बर्ष कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा पनि बढोत्तरि देखिएको छ । यस्तो आम्दानी बढ्दा कम्पनीको खुद नाफा बढेको हो । गत वर्ष कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १८.९७ प्रतिशत बढेर १५ अर्ब २० करोड ३० लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, कम्पनीको कुल आम्दानी १२.३४ प्रतिशत वृद्धि भइ ५९ अर्ब १७ करोड ६५ लाख रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको छ । यस्तै, रिटेन्ड अर्निङमा ५२ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
यता, कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा छ













