भोलि र पर्सी सेयर कारोबार नहुने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भोलि र पर्सी सेयर कारोबार नहुने



काठमाडौं । भोलि र पर्सी दुई सेयर कारोबार बन्द भएको छ । भदौ ३ र ४ गते सेयर कारोबार नुखल्ने भएको हो । सोमबार र मंगलबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार नहुने भएको हो ।

सरकारले भदौ ३ गते सोमबार जनै पूर्णिमाको बिदा दिएको छ। यता, भदौ ४ गते मंगलबार भने गाइजात्राको बिदा छ । अब बजार आगामी बुधवार मात्रै खुला हुनेछ । योसँगै यो साता ३ दिन मात्रै सेयर कारोबार हुने भएको हो ।


प्रतिक्रिया दिनुहोस्