सेयर बजारमा झिनो अंकको वृद्धि, फाइनान्स समूहमा झुम्मिए लगानीकर्ता

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा पुगेको छ ।
यस दिन कारोबार रकम भने घटेको छ । बुधबार १९ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार अवधिभर ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर खरिदबिक्री भयो ।
कुल १३ उपसूचकमध्ये ५ सूचकमा हरियाली छाएको छ भने बाँकी ८ उपसमूहको सेयर मूल्य घटेको छ । यस दिन फाइनान्स समूहमा लगानीकर्ता झुम्मिएका छन् ।
एक सय कम्पनीको सेयरमूल्य बढ्दा १४० कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको मूल्य भने स्थिर छ ।
यस दिन पाँच कम्पनीमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र दोल्ती पावरको सेयर मूल्य १० प्रतिशत बढेको छ भने मल्टीपपर्स फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
यता, कर्णाली डेभलपमेन्ट बैंकमा भने नेगेटिभ सर्किर्ट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा भने हिमालयन रि-इन्स्योरेन्स अग्रस्थानमा देखिन्छ । कम्पनीको ६५ करोड ९५ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै अपि पावर, एभरेष्ट बैंक, सानिमा माइ हाइड्रोपावर पनि सर्वाधिक कारोबार हुने कम्पनी बनेका छन् ।