सेयर बजारमा उच्च गिरावट

काठमाडौं । सेयर बजारमा उच्च गिरावट देखिएको छ । यो समाचार तयार पर्दासम्म (१२ बजेर १० मिनेट) नेप्से ४१.५४ अंकले घटेर २९३२.९१ बिन्दुमा झरेको छ । १२ बजेर ७ मिनेट जाँदा नेप्से ५६.५६ अंकले घटेको छ ।
यो अवधिमा ४८ कम्पनीको सेयर मूल्य बढेको छ, भने १९२ कम्पनीको सेयर मूल्य घटेको छ।
३०५ कम्पनीको एक करोड ३६ लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३५ करोड ७२ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ ।