सेयर बजारमा भारी अंकको गिरावट, १८४ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

सेयर बजारमा भारी अंकको गिरावट, १८४ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा ओर्लिएको छ ।

कारोबार अवधिभर ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार रुपैयाँमा किनबेच भएको छ । निरन्तर उकालो लागिरहेको सेयरमा आज भारी गिरावट आएको हो ।

यसदिन माइक्रोफाइनान्स बाहेक अन्य सबै उपसूचक घटेका छन् ।

बजार घटेसँगै १८४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६० कम्पनीको बढेको छ ।

यस दिन विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यी ३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

मन्दाकिनी हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य सर्वाधिक घटेका छन् ।

यता, कारोबार रकमको आधारमा भने अपि पावर अगाडि छ । कम्पनीको ८४ करोड ४५ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ । त्यसैगरी हिमालयन रि-इन्स्योरेन्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावर, शिवम् सिमेन्ट लगायत कम्पनीको सर्वाधिक कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्