८ श्रावण २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको विशेष साधारणसभा सम्पन्न



काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभा होटल सोल्टी, कालिमाटी, काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त अवसरमा बोल्दै आइसीसी नेपालका नवनिर्वाचित अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आइसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, एवं कानून निर्माता एवं विभिन्न व्यावसायिक संघहरुसित मिलेर समन्वयात्मक ढंगमा कार्य गर्नुका साथै आइसीसी लगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुको ध्यान नेपालमा लगानी प्रवध्र्दन गर्न तथा नेपालबाट निर्यात प्रवध्र्दनका साथै पर्यटन प्रवध्र्दन गर्नुका अतिरिक्त देशभित्र र वाहिर परिआउने व्यावसायिक विवादहरुको मध्यस्थताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामाथि जोड दिए ।

सबैका लागि शान्ति, समृध्दि र अवसरलाई बढावा दिन खुला अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रणालीलाई बढावा दिएर हरेक दिन हरेक व्यवसाय र हरेक क्षेत्रका व्यवसायका लागि कार्य गर्नु आइसीसीको मुख्य उद्देश्य रहेको छ । तटस्थता र स्वतन्त्रता आइसीसीका यस्ता निर्धारक क्षमताहरु हुन जसले विश्वभरिका नीति निर्माता र अन्तर्राष्ट्रिय संस्थाहरुसित सम्बन्ध विकास गर्न मद्दत गर्दछ । र, आइसीसीले विश्वव्यापीरुपमा सीमापार व्यापारका लागि ठूला र साना व्यवसायीहरुलाई दिने सेवा र सुविधा आफैमा एक मानक हुनाका साथै यसको परिचय बनेको छ ।


प्रतिक्रिया दिनुहोस्