८ श्रावण २०८३, शुक्रबार

हिमालयन लाइफको झन्डै २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । हिमालय लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्ना संस्थापक सेयरधनी विनय कुमार तोदीको नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले तोदीको नाममा रहेको १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजकै (भदौ १३ गते) का मितिले ३५ दिनभित्र दिनपर्ने छ ।

सेयरको बिक्री मूल्य मूल्य भने उल्लेख गरिएको छैन। तोकिएको उक्त अवधिमा सेयर खरिदका लागि विद्यमान संस्थापकहरुबाट आवेदन नपरेको खण्डमा अन्य बिक्री प्रक्रिया अघि बढाइने कम्पनीलेजनाएाकेछ ।


प्रतिक्रिया दिनुहोस्