दोहोरो अंकले घट्यो सेयर बजार, खुम्चियो कारोबार रकम

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार पनि बजार १२.१० अंकले घटेको छ ।
उत्तः दिन बजार परिसूचक पनि २ हजार ७२७.३६ अंकको बिन्दु पुगेर बन्द भएको छ।
बिहीबार माइक्राफाइनान्स ८६.४१ अंक र व्यापार समूह ६.३७ अंकले वृद्धि भएको छ। यी बाहेकका सबै समूहरु राताम्य बनेका छन् ।
कारोबार रकम पनि खुम्चिएको छ। बुधवार १३ अर्ब बढीको सेयर किनबेच भएको थियो । तर, आज भने ९ अर्ब ६५ करोड १५ लाख बढीको सेयर किनेबच भएको छ ।
आन २ करोड १ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच भएको छ । उक्त दिन सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर किनेबच भएको छ। आज कम्पनीको ४० करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
यस्तै, एनएलजी इन्स्योरेन्सको ३४ करोड २२ लाख, गुडविल फाइनान्सको २९ करोड ९६ लाख, हिमालयन रिइन्स्योरेन्सको २९ करोड ४ लाख र अपि पावरको २२ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।