थप ६ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे २ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो डेढ महिनामा आधा दर्जन कम्पनीहरुको २ अर्ब ५३ करोड ६१ लाख २१ हजार रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
साउनदेखि हालसम्म आइपुग्दा ६ वटा कम्पनीको २ करोड ५३ लाख ६१ हजार २१० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । ती मध्ये चार वटा इन्स्योरेन्स कम्पनी, दुई वटा जलविद्युत कम्पनी रहेका छन् ।
नेप्सेका अनुसार नेपाल पुनर्बीमा कम्पनीको ४.७५ प्रतिशत बापतको ६० लाख ८६ हजार ४३३.२८ कित्ता, सीइडीबी हाइ्ड्रोपावर कम्पनीको ११ प्रतिशत बापतको ९ लाख २३ हजार ३५१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको पनि २.२२ प्रतिशत बापतको ८१ हजार ७८६.२४ कित्ता, सन नेपाल लाइफको २३.८० प्रतिशत बापतको ७६ लाख १६ हजार कित्ता, आइएमई लाइफको २५ प्रतिशत बापतको १ करोड कित्ता र प्रभु इन्स्योरेन्सको ४.७५ प्रतिशत बापतको ६ लाख ५३ हजार ६५८ .०७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।