यी हुन् आइतबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आइतबार सेयर बजार घटेपनि ८६ कम्पनीको सेयर मूल्य बढेका छन् । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० बिन्दुमा खुम्चिएको छ ।
बजार घट्दा पनि महुली लघुवित्त, शृजनशील लघुवित्त र मिड सोलू हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी ३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी मनकामन इन्जीनियरीङ्ग हाइड्रोपावरको सेयरमूल्य ९.८५ प्रतिशतले बढेको छ । सपोर्ट माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त, गणपति लघुवित्त, र स्वाभिमान लघुवित्तको सेयर मूल्य पनि बढेका छन् ।

यता १५६ कम्पनीको सेयर मूल्य भने घटेका छन् । यस दिन थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।
कुमारी इक्वीटी फण्ड, गुडवील फाइनान्स, दोल्ती पावर, मातृभूमि लघुवित्त, एभरेस्ट बैंकसिंगटी हाइड्रो इनर्जी लगायत कम्पनीको सेयर मूल्य घटेका छन् ।
