बाराही हाइड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । बाराही हाइड्रोपावर लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ।
हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले अगामी असोज १८ गते नवौँ वार्षिक साधारण सभा बोलाएको हो।
१ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट कम्पनीले स्वीकृती पाइसकेको छ । सभामा हकप्रद निष्कासन सम्बन्धि सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित हुनेछ ।
सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।













