८ श्रावण २०८३, शुक्रबार

लाभांश प्रस्तावसहित प्रभु महालक्ष्मी लाइफले बोलायो साधारणसभा



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्तावसहित आगामी असोज २३ गते साधारणसभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १० प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा छैठौं साधारणसभाबाट तत्कालिन चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय भएकोमा सो निर्णय पुनरावलोकन गरी बोनस सेयर वितरण पश्चात कायम हुन आउने चुक्तापूँजीको ७ प्रतिशत बराबर को हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

यसैगरी सञ्चालक समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको साविक महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को २०८० असार २८ सम्मको तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्ने, आव २०८०/८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चाकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित हुनेछ ।


प्रतिक्रिया दिनुहोस्