८ श्रावण २०८३, शुक्रबार

लाभांश पारित गर्न प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । लाभांश पारित गर्न प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीको सभा आगामी असोज २३ गते आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौँमा हुनेछ ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सोही सभाले हकप्रद सेयर संशोधन गरी बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । त्यसका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

यसका साथै सभामा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित हुनेछन् ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्