हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले हकप्रद सेयर निष्कासको विशेष प्रस्ताव पारित गर्न आगामी कात्तिक ७ गते विशेष साधारण सभा बोलाएको हो ।

सभा आम्रपाली ब्यांक्वेट, थिरबम सडक बालुवाटार काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । सभामा ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सो बराबरको हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले स्वीकृति पाइएसकेको छ ।

कम्पनीलाई १०ः६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज २२ गते बुक क्लोज गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराईज क्यापिटल रहेको छ।


प्रतिक्रिया दिनुहोस्