आइपीओ ल्याउँदै एल.सी. इनर्जी, प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा
काठमाडौं । एल.सी. इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएको छ ।
कम्पनीले आउँदो कात्तिक १२ गते वार्षिका साधारण सभा गर्ने भएको हो । सभा कम्पनीको रजिष्टार्ड कार्यालय, बुद्धनगर, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।
सभामा मुख्य एजेन्डा नै आइपीओ जारी गर्नेछ । सभाले सोही प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान, चालु आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पारित हुनेछन् ।













