चार लघुवित्तले घोषणा गरे लाभांश, कुनको बोनस र नगद कति ?

काठमाडौं । हालसम्म चार वटा लघुवत्ति वित्तीय संस्थाहरुले लाभांश घोषणा गरेका छन् । लाभांश सिजन सुरु भएपनि लघुवित्त तर्फका चार वटा कम्पनीहरुले लाभांश घोषणा गरेका हुन् ।
यो वर्षका लागि गुराँस लघुवित्त, स्वालम्वन, आशा र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् ।
यो वर्ष गुराँस लघुवित्तले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
यस्तै, स्वालम्वन लघुवित्तले पनि १४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५, आशा लघुवित्तले पनि १४.२५ प्रतिशत र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
यता, फरवार्ड लघुवित्तले पनि १४ प्रतिशत लाभांश दिने भएको छ । यो वर्षका लागि कम्पनीले १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश दिने भएको हो ।