१५ प्रतिशत लाभांश वितरणका लागि आशा लघुवित्तलाई राष्ट बैंकको स्वीकृति

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीको लाभांश स्वीकृत गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
सोही प्रस्तावित लाभांश वितरणका लागि राष्ट्र बैंकले असोज २१ गते सोमबार स्वीकृति दिएको हो । अब कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत गरे पश्चात वितरण हुनेछ।