अझै आधा दर्जन मुख्य राजमार्ग पूर्ण रुपमा अवरुद्ध « Arthapath.com
२२ आश्विन २०८१, मंगलवार

अझै आधा दर्जन मुख्य राजमार्ग पूर्ण रुपमा अवरुद्ध



काठमाडौं । अघिल्लो साता अविरल वर्षाका कारण अवरुद्ध अधिकांश राजमार्गहरु अझै संचालनमा आउन सकेका छैनन् । वर्षापछि अवरुद्ध भएका आधा दर्जन राजमार्गहरु अझै सुचारु हुन नसकेका हुन् ।

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कका अनुसार अझै ६ वटा मुख्य राजमार्ग पूर्ण रुपमा अवरुद्ध छन् । यो मंगलबार बिहान १० बजेसम्मको तथ्याङक हो । ६ वटा राजमार्ग भने एकतर्फी सूचारु भएका छन् ।

दशैं, तिहार लगायतको चाडपर्वको चाप छ । यति बेला दशैं मनाउन फर्किनेहरुको संख्या पनि बाक्लो नै छ । तर, अधिकांश राजमार्ग अझै पनि बन्द भएकाले यात्रुलाई निकै सास्ती भइरहेको छ ।

यता, सरकारले पनि जतिसक्दो छिटो राजमार्गहरु खुलाउन प्रयास गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्