यात्रा गर्दै हुनुहुन्छ ? यी सडकमार्ग अझै छन् अवरुद्ध

काठमाडौँ । केही समय अघिको वर्षाले बिग्रिएका कतिपय सडकखण्ड अझै अवरुद्ध छन् । नेपाल प्रहरीको केन्द्रीय कार्यालय सार्वजनिक गरेको सूचना अनुसार हालसम्म काभ्रेको रोशी गाउँपालिकाको भ्याकुर खोला पुल पूर्ण रूपमा अवरोध रहेको छ ।
त्यसैगरी, सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका २ स्थित लिपिङ पुल पनि पूर्ण अवरोध रहेको प्रहरीले जनाएको छ । यस्तै, रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी पुल र जिल्लाकै खाँडा देवी गाउँपालिका १ मा पर्ने खाँडाचक्र स्थित खाँडा चक्र पुल पनि पूर्ण रूपमा अवरोध रहेको छ ।
त्यस्तै, रोशी गा.पा.८ चारसयवेशीमा बीपी राजमार्ग एकतर्फी सुरु भएको छ । यस्तै रोशी गा.पा. ११ कालढुङ्गा‚ रोशी गा.पा.०७ घुमाउने एकतर्फी सुचारु आएको हो । यस्तै काभ्रेकै पाँचखाल न.पा. ५ हनुमान गढ केराघारी, अरनिको राजमार्ग पनि एकतर्फी सञ्चालनमा आएको छ ।
