दिउँसो ३ बजेदेखि ५ बजेसम्म राष्ट्रपति पौडेलले दशैंको टीका लगाइदिने « Arthapath.com
२६ आश्विन २०८१, शनिबार

दिउँसो ३ बजेदेखि ५ बजेसम्म राष्ट्रपति पौडेलले दशैंको टीका लगाइदिने



काठमाडौं । आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीका लगाइदिने भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई तथा साढे ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका जमरा लगाइदिने गरी समय निर्धारण गरिएको छ । टीकाको कार्यक्रम राष्ट्रपति भवन शीतलनिवासमा हुनेछ ।

राष्ट्रपति पौडेल ११ः३६ बजेको शुभसाइतमा ९४ वर्षीय दाजु डुण्डीराज पौडेल र गुरु पुरोहितबाट टीका लगाउने छन् ।


प्रतिक्रिया दिनुहोस्