अरनिको राजमार्ग एकतर्फी रुपमा खुल्यो

काठमाडौं । अरनिको राजमार्ग एकतर्फी रुपमा खुलेको छ ।
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको हो ।
सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएको थियो । स्थानीय तह र सडक विभागसँग समन्वयमा बाटो एकतर्फी संचालनमा आएको हो ।
सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधनबीच बाटोमा नै रोकिएको थिए ।