आजबाट बीपी राजमार्गमा ठूला गाडीहरू पनि चल्ने « Arthapath.com
२८ आश्विन २०८१, सोमबार

आजबाट बीपी राजमार्गमा ठूला गाडीहरू पनि चल्ने



काठमाडौं । आज (सोमबार) साँझबाट बीपी राजमार्गमा ठूला गाडीहरू पनि चल्ने भएका छन् । गत असोज १०, ११ र १२ गतेको वर्षासँगैको पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर केही दिन अघिदेखि साना सवारीसाधन चल्न दिइएकोमा आजदेखि ठुला सवारीसाधन चलाउन लागिएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

बीपी राजमार्गमा मंगलबारदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएको छ ।

ठुला सवारीसाधन पास हुन अवरोध हुँदै आएको चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार भइसक्ने र त्यसपछि सो सडकमा सञ्चालन अनुमति प्राप्त गरेका सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्ने डिभिजनले जनाएको छ ।

सडक खुला भएपनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना कायमै रहेको भन्दै डिभिजनले रातिको समयमा भने यो क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्