कात्तिक १२ गतेदेखि साढे तीन लाख कित्ता एफपिओ निष्कासन गर्दै समता घरेलु लघुवित्त

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी कात्तिक १२ गतेदेखि फपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको हो ।
उक्त एपपिओ खरिदका लागि लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको उक्त अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा भने कात्तिक २६ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतममा १ हजार कित्तासम्म भर्न पाइने छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । एफपीओ निष्कासन पश्चात लघुवित्तको चुक्ता पूँजी ५९ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।