सूर्यज्योति थ्री–२० धन बहार जीवन बीमाका प्रोडक्टको एम्बेस्डरमा रेग्मी चयन

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले “सूर्यज्योति थ्री–२० धन बहार जीवन बीमा योजना“को एम्बास्डरको रूपमा पेप्सीकोला शाखाका सिनियर एजेन्सी म्यानेजर बिश्वराज रेग्मीलाई चयन गरेको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आफ्ना अभिकर्ताहरुबाट प्रोडक्ट एम्बास्डर उपाधीका लागि देशव्यापी रुपमा गरिएको कन्टेस्टको आधारमा रेग्मीलाई चयन गरेको हो ।
न्यूनतम मापदण्ड पुरा गरि सर्वाधिक प्रिमियम संकलन गर्न सफल अभिकर्ता रेग्मीलाई प्रोडक्ट एम्बास्डरका रूपमा छनोट गरेको छ ।
कम्पनीले प्रोडक्ट एम्बास्डरको आफ्ना शाखा कार्यालयहरूमा फोटो अंकित ब्यानर, विज्ञापन बोर्ड, पर्चा–पम्पलेट जस्ता प्रचार सामग्रीहरू पनि प्रयोग गर्दै आएको छ ।
कम्पनीले अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने मूल उद्देश्यले कम्पनीले यस्तो रणनीति लागू गरेको हो । यस रणनीतिका माध्यमबाट मेहनती अभिकर्ताहरूलाई सार्वजनिक रूपमा सम्मान प्राप्त भएको छ भने अन्य अभिकर्ताहरूलाई प्रोडक्ट एम्बास्डर जस्तो गरिमामय सम्मान प्राप्त गर्ने प्रेरणा मिलेको छ ।
हाल देशै भरिबाट गरिएको प्रोडक्ट एम्बास्डर जस्तो गरिमामय कन्टेस्ट अन्तर्गत सर्वोत्कृष्ट व्यवसाय गरि बिजेता बन्न सफल पेप्सीकोला शाखाका सिनियर एजेन्सी म्यानेजर बिश्वराज रेग्मीलाई “सूर्यज्योति थ्री–२० धन बहार जीवन बीमा योजना“ अन्तर्गत प्रोड्क्ट एम्बास्डरको रूपमा चयन गरिएको हो ।
कम्पनीले दिएको व्यवसायिक लक्ष्य हासिल गर्न सफल भई प्रोडक्ट एम्बास्डर कन्टेस्टमा विजयी भएपछि, रेग्मीलाई “सूर्यज्योति थ्री–२० धन बहार जीवन बीमा योजना“ को अन्तर्गत एक वर्षको अवधिका लागि एम्बास्डरको रूपमा चयन गरिएको हो ।
देशै भरि गरिएको प्रोडक्ट एम्बास्डर कन्टेस्टमा तोकिएको बीमा योजना अन्तर्गत यस अघि कम्पनीले दिएको व्यवसायिक लक्ष्य हासिल गरि विजेता बन्न सफल बुटवल–पाल्पा रोड शाखाका कमलप्रसाद घिमिरे, कोहलपुर शाखाका गौरव कुमार शाही, र महाराजगन्ज शाखाकी सृजना पन्तलाई क्रमशः “चौरासी पूजा जीवन बीमा योजना,“सजिलो भुक्तानी जीवन बीमा योजना,“ र “सावधिक जीवन बीमा योजना“ का लागि प्रोडक्ट एम्बास्डरको रूपमा एक वर्षका लागि चयन भैसकेका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले ‘कम्पनीको मुख्य मेरुदण्ड भनेकै देश भरि फैलिएर आहोरात्र सेवारत आफ्ना आभिकर्ताहरु भएको र अभिकर्ताहरुको समृद्धि र उन्नति भनेकै कम्पनीको समृद्धि र उन्नति भएको साथै यस प्रकारका उत्प्रेरणामुलक कार्यक्रमबाट अभिकर्ताहरूको क्षमता अभिवृद्धि हुने र व्यवसायिक लक्ष्य हासिल गर्न थप हौसला र उर्जा प्राप्त हुने कुरा प्रष्ट पारे ।’