दुई कम्पनीको सेयर भाउ उच्च दरमा वृद्धि, यी हुन् आज कमाउनेहरु

काठमाडौं । बिहीबार नेपाल एसबिआई बैंकको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज बैंकको सेयर मूल्य ९.७५ प्रतिशत वृद्धि भएको हो । बैंकको सेयर प्रतिकित्ता ४७.१० रुपैयाँ वृद्धि भई ५३० रुपैयाँ कायम भएको छ।
यस्तै, आज पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर भाउ पनि ८.०५ प्रतिशत अर्थात् प्रतिकित्ता ३७.९० रुपैयाँ बढेर ५०८.८० रुपैयाँ पुगेको छ ।
आज यी कम्पनीहरुसहित सनराइज ब्लुचिप, समृद्धि फाइनान्स, आरविवि म्युचुअल फन्ड–१, लगायतका लगानीकर्ता उच्च दरमा कमाएका छन् ।
