४ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन् आज उच्च दरमा कमाउनेहरु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

४ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन् आज उच्च दरमा कमाउनेहरु



काठमाडौं । आइतबार चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

उक्त दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल, रिभर फल्स पावर, माइखोला हाइड्रोपावर र समृद्धि फाइनान्सको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।

उक्त दिन एलआइसी नेपालको सेयर भाउ प्रतिकित्ता ११०.१५ रुपैयाँ वृद्धि भई १ हजार २१२ रुपैयाँ, रिभर फल्सको प्रतिकित्ता ५२.२० रुपैयाँ वृद्धि भई ५७४.२० रुपेयाँ र माइखोलाको प्रतिकित्ता ४९.६० रुपैयाँ वृद्धि भई ५४५.६० रुपैयाँ कायम भएको छ ।
यता, समृद्धि फाइनान्सको पनि प्रतिकित्ता ७४.७० रुपैयाँ वृद्धि भई ८२२.३० रुपैयाँ कायम भएको छ ।

उक्त दिन कालिञ्चोक दर्शनको सेयर भाउ ९.७७ प्रतिशत, मकर जितुमाया सुरीको ७.३९ प्रतिशत, नेपाल फाइनान्सको ६.६८ प्रतिशत, जानकी फाइनान्सको ५.९० प्रतिशत, दोल्ती पावरको ५.३१, अपर लोहरे खोलाको ५.०३ प्रतिशत वृद्धि भएको छ । यी लगायतका अन्य दर्जनौं कम्पनीहरुको आज कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्