सेयर बजारमा हरियाली: ४६ अंक बढ्यो, कारोबार रकममा पनि बढोत्तरी

काठमाडौं । सेयरमा उछाल आएको छ । मंंगलबार एकैदिन ४६.६९ अंकले वृद्धि भएको हो । सोमबार पनि बजार २७ अंकले बढेको थियो ।
साताको तेस्रो दिन बजार परिसूचक २ हजार ६९२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहरु हरियाली बनेका छन् ।
बजारसँगै कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । सोमबार ५ अर्ब ३४ करोड बराबरको सेयर कारोबार भएको थियो । मंगलबार भने ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।