सेयर बजारमा उच्च वृद्धि : नेप्से २७ सय बिन्दुमाथि, कारोबार १० अर्ब नजिक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सेयर बजारमा उच्च वृद्धि : नेप्से २७ सय बिन्दुमाथि, कारोबार १० अर्ब नजिक



काठमाडौं । आइतबार सेयर बजारमा उच्च वृद्धि देखिएको छ । तिहारपछि गत साता २ दिनको कारोबारमा सामान्य घटेको बजारमा आज उत्साह देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २.३३ प्रतिशत अर्थात् ६२.५४ अंकले बढेको छ । यो सँगै परिसूचकले २७ सयको बिन्दु पार गरेर २७३८ बिन्दुमा पुगेको छ ।

यस २२८ कम्पनीको मूल्य बढ्दा १३ कम्पनीको मात्र घटेको छ ।

सेयर बजारसँगै कारोबार रकममा पनि उछाल देखिएको छ । आइतबार ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन नेप्सेमा सूचीकृत १३ वटै सूचकमा हरियाली देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्