सेयर बजारको ओरालो यात्रा, झन्डै ८ अर्बको कारोबार हुँदा दुई फाइनान्समा झुम्मिए लगानीकर्ता
काठमाडौं । सेयर बजार फेरि ओरालो लागेको छ । साताको चौंथो कारोबार दिन पनि बजार दोहोरो अंकले घटेको हो ।
आज बजार १४.१२ अंकले घटेको छ ।
मंगलबार पनि साढे १० अंकले घटेको थियो । आज बजार परिसूचक २ हजार ७३४.८३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज विकास बैंक समूह ८०.८४ अंक, फाइनान्स १५१.९४, हाइड्रोपावर २८.६१ र म्युचुअल फन्ड ०.१० अंक वृद्धि भएको छ । यी बाहेकका अन्य सबै समूहहरु राताम्य बनेका छन् ।
आज ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर किनबेच भएको छ ।
आज जानकी फाइनान्सको सर्वाधिक सेयर किनबेच भएको छ । उक्त दिन कम्पनीको ३३ करोड ८६ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
यस्तै, पोखरा फाइनान्सको पनि २५ करोड ८९ लाख ४४ हजार रुपैयाँ बरारबको सेयर किनेबच भएको छ । यता, सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ५७ लाख ६२ हजार र समृद्धि फाइनान्सको २१ करोड १३ लाख ९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

















