दर्जन कम्पनीको सेयर मूल्यमा उछाल, यी हुन् आज उच्च दरमा कमाउनेहरु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दर्जन कम्पनीको सेयर मूल्यमा उछाल, यी हुन् आज उच्च दरमा कमाउनेहरु



काठमाडौं । बुधवार दर्जन कम्पनीहरुको सेयर मूल्यमा उछाल आएको छ । साताको चौंथो कारोबार दिन पाँच कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

उक्त दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत, सृजनशील लघुवित्तको १० प्रतिशत, मकर जितुमाया सुरीको ९.९९, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको ९.९९ प्रतिशत वृद्धि भएको छ।

यस्तै, उक्त दिन रावा इनर्जिको सेयर भाउ पनि ९.९१ प्रतिशत, बलेफी हाइड्रोपावरको ९.८८ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ९.१५ प्रतिशत, जानकी फाइनान्सको ९, ग्रीन डेभलपमेन्ट बैंको ८.८० प्रतिशत वृद्धि भएको छ।

आज यी कम्पनीसहित पिपुल्स हाइड्रोपावर, कर्पोरटे डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट, गुहेश्वरी मर्चेन्ट, कर्णाली डेभलपमेन्ट, रिभरफल्स लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्