थप एक कम्पनीको २५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
बिहीबार कम्पनीको १ लाख २२ हजार ४० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले २५ प्रतिशत बापतको सो बोनस दर सूचीकृत गराएको हो ।
अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् । ।