फेरि बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सुनको भाउ वृद्धि भएको छ । केही दिन लगातार घटेको सुनका भाउ तोलामा १ हजार १०० रुपैयाँ बढेको हो ।
अघिल्लो दिन छापावाला सुनको भाउ तोलामा १ लाख ६१ हजार रुपैयाँमा किनबेच भएको थियो । तर, आज बढेर १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ३५ रुपैयाँ वृद्धि भएको छ । योसँगै आजका लागि १ हजार ९५५ रुपैयाँ कायम भएको छ । सोमबार १ हजार ९२० रुपैयाँमा किनबेच भएको थियो ।