सेयर बजारमा भारी गिरावट, सबै सूचक राताम्य « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सेयर बजारमा भारी गिरावट, सबै सूचक राताम्य



काठमाडौं । साताको दोस्रो कारोबार दिन अर्थात् मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५१.११ अंकले घटेको हो । योसँगै बजार परिसूचक २ हजार ७०२.६५ अंकको बिन्दुमा खुम्चिएको छ ।

मंगलबार नेप्सेमा सूचीकृत १३ वटै सूचक राताम्य बनेका छन् ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ करोड ५२ लाख ८४ हजार रुपैयाँको कारोबार भएकोमा आज १० अर्ब ४६ करोड ८३ लाख २० हजार रुपैयाँको कारोबार भएको छ । कारोबार अवधिभर ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर किनबेच भयो ।

मंगलबार २० कम्पनीको मात्र सेयर मूल्य बढेको छ । २२४ कम्पनीको सेयर मूल्य घट्दा १ कम्पनीको स्थिर रह्यो ।
आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यसदिन सर्वाधिक कारोबार गर्ने र सेयर मूल्य घट्ने कम्पनीमा ङादी ग्रुप पावर रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्