९ अंक बढ्यो सेयर बजार, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

९ अंक बढ्यो सेयर बजार, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता



काठमाडौं । सेयर बजारमा बढोत्तरी देखिएको छ । बुधवार बजार ९.०९ अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन बजार परिसूचक २ हजार ७११.७५ अंकले वृद्धि भएको हो ।

उक्त दिन बैंकिङ समूह, जीवन तथा निर्जीवन बीमा समूह, उत्पादन तथा प्रशोधन समूह घटेका छन् । तर, यी बाहेकका अन्य समूहहरु भने हरियाली बनेका छन् ।

आज कारोबार रकममा भने गिरावट आएको छ । आज ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर किनेबच भएको छ ।

आज ङादी ग्रुपको सर्वाधिक ३२ करोड ८१ लाख ९० हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ । कारोबार रकमको आधारमा दोस्रो सूचीमा रहेको जानकी फाइनान्सको पनि ३२ करोड २० लाख ५१ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।

यस्तै, नेपाल फाइनान्सको २३ करोड २२ लाख, हिमालयन उर्जा विकासको १९ करोड १७ लाख, बेष्ट फाइनान्सको १५ करोड ५१ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्