आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, आज कसले कमाए धेरै ?

काठमाडौं । आधा दर्जन कम्पनीहरुको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन सात कम्पनीको सेयर भाउ १० प्रतिशत वृद्धि भएको हो ।
उक्त दिन कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो, सप्तकोशी डेभलपमेन्ट, महिला लघुवित्त, कर्णली डेभलपमेन्ट र जानकी फाइनान्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
यस्तै, सपोर्ट लघुवित्तका सेयर भाउ ९.९७ प्रतिशत, सुपर मादीको ८.४२ प्रतिशत, माथिल्लो मैलुङ खोलाको ७.८८ प्रतिशत, ग्रीन डेभलपमेन्टको ७.७४ प्रतिशत, सुपर माइको ६.५५ प्रतिशत, अपरहेवा खोलाको ६.३० प्रतिशत र भिजन लुम्बिनीको ६.२१ प्रतिशत वृद्धि भएको छ।
यीसहित आज बेष्ट फाइनान्स, सानिमा ग्रोथ फन्ड, मितेरी डेभलपमेन्ट लगायतका लगानीकर्ता कमाएका छन् ।
