तोलामा १७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
९ मंसिर २०८१, आईतवार

तोलामा १७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि लगातार उकालो लाग्न थालेको छ । आइतबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको हो ।

योसँगै आइतबार छापवाला सुन तोलामा १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्