मेरोमाइक्रोफाइनान्स द्वारा पर्सा प्रहरीलाई फर्निचर हस्तान्तरण « Arthapath.com
२३ असार २०८२, सोमबार

मेरोमाइक्रोफाइनान्स द्वारा पर्सा प्रहरीलाई फर्निचर हस्तान्तरण



काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्तले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धारे प्रहरी चौकी लाई आवश्यक पर्ने फर्निचर सामाग्री हस्तान्तरण गरेको छ ।

एक कार्यक्रम बिच १ थान टेबल, ४ थान बेन्च र १० थान प्लास्टिकका कुर्ची प्रदान गरेको हो ।

संस्थाका वरिष्ठ प्रबन्ध राजु प्रसाद पुडासैनीले प्रहरी चौकी धारेका प्रमुख सहायक निरीक्षक अरबिन्द कुमार यादबलाई सामान हस्तान्तरण गर्दै फर्निचर सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

सो हस्तान्तरण कार्यक्रममा वरिष्ठ अधिकृत मधेस प्रदेश प्रमुख रामकिशोर प्रसाद कुश्वाहा, शाखा कार्यालय पकहामैनपुरका प्रमुख अजित कुमार मण्डल लगायतको उपस्थित रहेको थियो ।

देशभर एक सय ४९ वटा शाखा कार्यालयसहितको सञ्जाल बिस्तार गरेर दरिलो माइक्रोफाइनान्समा स्थापित भएको मेरोमाइक्रोफाइनान्सले सामाजिक कार्यहरुमा पनि उत्तिकै सहयोग गर्ने रणनीति बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्