स्टान्डर्ड चार्टर्ड बैंकको बोनस सेयरमा मूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार ?
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बैंकको ६.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
हिजो अर्थात् मंगलबारको अन्तिम कारोबार मूल्य ७६० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजनपछि बैंकको सेयर भाउ प्रतिकित्ता ७१३.६२ रुपैयाँ कायम भएको छ । आज सोही मूल्यलाई आधार मानेर कारोबार खुला हुने छ ।












