आज पनि घट्यो सेयर बजार, कारोबार रकममा केही सुधार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार बजार ९.९९ अंकले घटेको छ ।
उक्त दिन बजार परिसूचक २ हजार ७३८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज विकास बैंक र होटल तथा पर्यटन समूह बाहेकका समूहहरु राताम्य बनेका छन् ।
आज विकास बैंक समूह २६५.१५ अंक र होटेल तथा पर्यटन २०.७३ अंक वृद्धि भएको छ ।
बजार घटेपछि कारोबार रकम पनि वृद्धि भएको छ । आज ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको १ लाख ६७ लाख ६७ हजार १६८ कित्ता सेयर किनेबच भएको छ।
गत बिहीबार पनि बजार ८.३० अंकले घटेर २ हजार ७५६ अंकको बिन्दुमा पुगेको थियो ।
उक्त दिन एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक ३४ करोड ३१ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड ९० लाख, नेपाल फाइनान्सको २८ करोड ६ लाख, मितेरी डेभलपमेन्टको २७ करोड ३० लाख रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।