लुम्विनी प्रदेशमा सिइओ क्लब सदस्यता प्राप्त गर्ने ४०० बढी अभिकर्ताहरुलाई नेशनल लाइफको सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी सीइओ क्लब सदस्यबाट अभिकर्तालाई सम्मान गरेको छ ।
कम्पनीले मणिग्राम स्थित होटल ड्रीमल्याण्ड गोल्ड रिसोर्टमा लुम्विनी प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ४०० जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको हो।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरेका थिए । साथै कार्यक्रममा प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
सीइओ खत्रीले प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका हुन् ।

कार्यक्रममा सीइओ खत्रीले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै आएको बताए । उनले कार्यक्रम मधेश, गण्डकी, कोशी र बागमती प्रदेशमा सम्पन्न गरिसकेको जानकारी गराए । सोही क्रममा लुम्विनी प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको उनको भनाई थियो । साथै अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने कम्पनीको योजना रहेको बताए ।
अभिकर्ताहरु माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उदेश्यले सिइओ क्लबको धारणा ल्याएको जानकारी गराए । सो क्लबमा नेपालभरबाट २ हजार बढस् अभिकर्ताहरु कार्यक्रममा छनोट भएको बताए ।