अधिकांश जलविद्युतका लगानीकर्ताले कमाए सर्वाधिक, यी हुन आज उच्च दरमा सेयर वृद्धि भएका कम्पनीहरु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अधिकांश जलविद्युतका लगानीकर्ताले कमाए सर्वाधिक, यी हुन आज उच्च दरमा सेयर वृद्धि भएका कम्पनीहरु



काठमाडौं । बुधवार अधिकांश जलविद्युत कम्पनीका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।

उक्त दिन खानीखोला जलविद्युतको सेयर भाउ ९.९९ प्रतिशत, जोशीको ९.९८ प्रतिशत, रिभर फल्स पावरको ९.९० प्रतिशत, इङ्वा हाइड्रोपावरको ९.७२ प्रतिशत, स्वाभिमान लघुवित्तको ९.४१ प्रतिशत वृद्धि भएको छ ।

अपर हेवा खोलाको सेयर भाउ ८.७८ प्रतिशत, माथिल्लो मैलुङ खोला ८.३८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट डिवेन्चर २०८२ (१०.५ प्रतिशत) को ८.२३ प्रतिशत वृद्धि भएको छ।

आज यी कम्पनीसहित सामुदायिक लघुवित्त, मानुषी, दिव्यश्वरी, आँखुखोला, एशियन हाइड्रोपावर लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्