छिमेक लघुवित्तले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
मंसिर १९ गते बुधवार बसेको कम्पनी संचालक समितिको बैठकले १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । यो वर्ष कम्पनीले ८ प्रतिशत बोनस र ७ प्रतिशत नगद (कर समेत) लाभांश दिने भएको हो ।
उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ । त्यसपछि वितरण हुनेछ ।