सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
बुधवार पनि बजार २४.९७ अंकले घटेको थियो । तर, आज पनि १५.९३ अंकले घटेर २ हजार ७३४.९३ अंकको बिन्दुमा पुगेको छ ।

बिहीबार जीवन बीमा समूह १०८.२० अंक र व्यापार समूह १७९.८९ अंकले वृद्धि भएको छ। यी बाहेकका अन्य समूहहरु भने राताम्य बनेका छन् ।
बजारसँगै कारोबार रकम पनि घटेको छ । बुधवार ९ अर्ब बढीको कारोबार भएको थियो । तर, आज भने ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर किनबेच भएको छ ।